अरूसँग हात फैलाउन नजानेको

दान र दयाको भिखारी भयो ।

हेलिकप्टरहरू माथिबाट आउँछन्

अनेकन मालताल ल्याउँछन् ।

घर, जमिन, आफन्त सकल रहेकाहरू

तोडले चिच्याउन सक्छन्

हुलमा घिच्याउन सक्छन्

राहत लिन तिनै कराउँछन्

ऊजस्ता नाङ्गाहरू हुलमै हराउँछन् ।

निमेषमै दान र दयाको भिखारी भएको

उसले होल्डिङ सेन्टरको एउटा कुनाबाट

राहत लिने र दिने तमासा ।

दान लिएर गोदाम बनाउनेहरू

दान दिएर भिडियो बनाउनेहरू

यताका बिचौलिया दानवीरहरू भन्दैछन्-

हामीले सबको ज्यान बचाएका छौँ

तिमीहरूको मान जोगाएका छौँ

परका दाताहरू रिपोर्टले दङ्ग छन्

यता दानवीरहरू थप दानले चङ्गा छन् ।

परका दाताहरूलाई के थाहा ?

पीडित पनि सहरबाट ल्याइएका हुल हुन्

राम्रा घर र लुगा पाउनेहरू

दानवीरकै शाखाका कुल हुन्

परबाट जे देखे ती खेल हुन्

वरबाट जे गरियो ती झेल हुन् ।

यी दान र मानका सौदाहरू ।