वासिङ्टन डीसी । वार्ताको टेबलमा आउन आफूले इरानलाई कुनै दबाब नदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नभएको संकेत गरे । ‘ तिनीहरूले अर्थहीन सम्झौतामा हस्ताक्षर गरेपनि मलाई त्यसको कुनै मतलब छैन,’ पोष्टमा भनिएको छ ।
अमेरिकाको स्थिति आफूलाई पहिलेभन्दा अहिले निकै राम्रो लागेको उल्लेख गर्दै स्ट्रेट अफ होर्मुजमा अमेरिकाले ‘लगभग पूर्ण नियन्त्रण’ कायम गरेको दाबी पनि उनले गरेका छन् । तर इरानले उक्त महत्वपूर्ण जलमार्गमा पानीजहाजलाई लक्षित गर्ने चेतावनी र आक्रमण जारी राखेपछि अधिकांश व्यावसायिक जहाजको आवतजावत रोकिएको छ ।
पछिल्ला केही सातामा केही तेल ट्यांकर स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गरे पनि युद्ध सुरु हुँदाको तुलनामा यसको मात्रा निकै कम रहेको छ । यसअघि अमेरिका र इरानबीच अप्रिलमा भएको युद्धविरामलाई थप लम्ब्याउन जुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर उक्त समझदारी गतिरोधमै सकियो ।




