सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोसेली गृह सञ्चालनमा आएको छ ।
शुक्रबार एक कार्यक्रमबिच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उक्त गृहको उद्घाटन गरेकी हुन् ।
हटियालाइन क्षेत्रमा रहेको कोसेली गृह प्रदेश सरकारको, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले १ करोड २४ लाख लागतमा निर्माण गरेको हो ।
कोसेली गृहमा हाल ९ जनाले रोजगार पाएका छन् । उक्त गृहबाट वार्षिक लाखौँ रकम भाडा बापत रकम प्राप्त गर्ने छ ।
कोसेली गृहमा कर्णालीका रैथाने खाद्यान्न, स्थानीय कच्चा पदार्थमा आधारित कपडा लगायत प्राप्त गर्न सकिने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दै अर्थतन्त्रमा योगदान पुर्याउने गतिविधिमा प्रदेश सरकार अग्रसर भएको बताइन् ।




