काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बिहीबार राति साढे १२ बजेको समयमा कटेजमा अचानक आगलागी सुरु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी के कारणले भएको हो र त्यसबाट कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।