१९ भदौ, काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ ।
शुक्रबा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको हो ।
सगरमाथाले मधेशलाई २५-२१, २५-२१, २३-२५, २५-१५ ले पराजित गरेको हो ।
आजै अन्नपूर्ण स्पाईकर किंग्स र कर्णाली शिवराजबीच दोस्रो खेल हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ




