नुवाकोट । रसुवा बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले शनिबार मात्रै ती नागरिकलाई सुरुङभित्रबाट उद्धार गरेको हो।

बाढी आएको ११ औँ दिनमा उद्धार गरिएका ती चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैबल ब्यारेकमा ल्याइँदैछ। भदौ १० गते आएको भीषण बाढीका कारण सो आयोजना क्षेत्र र टनेल प्रभावित बनेको थियो।

यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको थियो । सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको थियो ।

योसँगै सुरुङबाट उद्धार हुनेको संख्या ३ पुगेको छ ।