२९ असोज, काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीले इन्डोनेसियाको जाकार्तामा आयोजित एसोसियो डिजीटल एआई अवार्ड अन्तर्गत एआई इन साइबर सेक्युरिटी अवार्ड प्राप्त गरेको छ ।

सूचना प्रविधि तथा साइबर सुरक्षामा एआईको प्रभावकारी प्रयोगमार्फत विभिन्न क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा सुदृढीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सन् २०११ मा स्थापना भएको इन्साइट टेक्नोलोजीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रविधि र साइबर सुरक्षा सेवा प्रदान गर्दै आएको छ।

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले अवार्डले नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको बताएका छन् ।