१ कात्तिक, चितवन । पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालाय नवलपुरका डिएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा घाइते, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षका निर्मल गाहाको भरतपुरस्थित सेन्ट्रल अस्पताल उपचार भैरहेको छ ।

यस्तै, सात वर्षीया रोनिशा सुनार र १७ वर्षीय गंगा गाहा घाइते भएका छन् । उनीहरूको नवलपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अटो चालक कावासोती–१ हात्तीखोर निवासी ४४ वर्षीय मानसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।